News लिगमा आज मनाङ र थ्रीस्टार भिड्दै, सातदोबाटोलाई एनआरटीको चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको २२औं चरणको खेलतर्फ आइतबार दुई रोमाञ्चक खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स्मा ३ बजेदेखि शुरु हुने खेलमा दुई परस्पर प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लब भिड्दै छन् ।

पछिल्ला खेलहरुमा जितका लागि संघर्ष गरिरहेका यी दुई टोलीको लक्ष्य आज निश्चित जित र तीन अंक हासिल गर्नु नै हुनेछ । २१ खेलबाट २६ अंक जोड्दै थ्रीस्टार लिगतालिकाको नवौं स्थानमा छ भने २५ अंक जोडेको मनाङ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १२औं स्थानमा छ ।

त्यस्तै च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र एनआरटी भिड्दै छन् । २१ खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा रहेको सातदोबाटोलाई २६ अंकका साथ दशौं स्थानमा रहेको एनआरटीले कडा चुनौति दिने अनुमान गरिएको छ ।

Post Comments