News देशना चन्द स्मृति र नयाँ गल्ली कपमा ६ खेलहरु सम्पन्न
उमेश पुन

पोखरा । देशना चन्द स्मृति र नयाँ गल्ली कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा आइतबार ६ खेलहरु सम्पन्न भएका छन् ।

जस अन्तरगत लामपाटन एफसी, आयोजक नयाँ गल्ली (रातो), बिटी (ए), संगम एकेडेमी, डिएफसी र इन्द्रेणी क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

नयाँ गल्ली क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल यही जेठ २० गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments