News शिर्ष चारमा उक्लियो पुलिस, खुमलटारलाई राहत
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुरुवाती चरणमा कमजोर प्रदर्शन गर्दै रेलिगेशन क्षेत्रमा समेत संघर्ष गरेको विभागीय टोली नेपाल पुलिस क्लब २२औं चरणको खेल समाप्ती हुँदा चौथो स्थानमा उक्लिएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा पुलिसले पुछारतिर संघर्षरत टोली फ्रेण्डस क्लबमाथि २–१ को जित निकाल्यो । पुलिसका लागि दुवै गोल अन्जन राईले गरे । उनले खेलको दोस्रो मिनट मै र ३५औं मिनटमा गरी दुई गोल गरे । उता पराजित फ्रेण्डसका लागि पहिलो हाफ कै २०औं मिनटमा बिकास थापाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितपछि २२ खेलबाट ३१ अंक जोडेको पुलिस चौथो स्थानमा उक्लेको छ । र शिर्ष तीनको होडमा आफूलाई पनि उभ्याएको छ । उता पराजित फ्रेण्डस भने २४ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ ।

त्यस्तै दशरथ रंगशालामा मै भएको अर्को खेलमा पुछारको टोली खुमलटारले हिमालयन शेर्पा क्लब विरुद्ध २–१ को जित निकाल्यो । खेलको पाँचौं मिनटमा म्यानुअल नानाको गोलबाट शेर्पाले शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

१७औं मिनटमा मेसुके ओलुमुले खुमलटारका लागि बराबरी गोल फर्काए । ७६औं मिनटमा स्टेफन बिनङले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

यो जितका बावजुद २२ खेलबाट २४ अंक जोडेको खुमलटार लिगतालिकाको पुछार मै छ । यद्यपि खुमलटारको रेलिगेशनबाट जोगिने सम्भावना भने कायम छ । उता पराजित शेर्पा भने २९ अंकका सा नवौं स्थानमा छ ।

Post Comments