News प्रथम तालतलैया च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इटहरी । तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा यही जेठ ३२ गतेदेखि शुरु हुन गईरहेको प्रथम तालतलैया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

तालतलैया–२ इटहरी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पञ्चायन एफसी, रामधुनी र पूर्वाञ्चल युनाइटेड, सुन्दरहरैचा भिड्ने छन् ।

एफ.एस. वर्कर्स एजेन्सी प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

सुनसरी, मोरङ र उदयपुरका गरी कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असार ९ गतेका दिन हुनेछ ।

Post Comments