News ग्रीनल्याण्ड अन्तिम चारमा प्रवेश
गोलनेपाल

भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल यहाँ जारी हनामी अन्तरविद्यालय कप छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गेष्ट हाउस मैदानमा भएको क्वाटरफाइनलतर्फ ग्रीनल्याण्डले सनराईज स्कुललाई ४–२ को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ग्रीनल्याण्डको जितमा लियोन गुरुङले दुई गोल गरे भने स्वरुप गुरुङ र इनोक गुरुङले थप एक–एक गोल गरेका थिए । उता पराजित सनराईजका लागि उज्ज्वल पटेल र आर्यन थापाले गोल गरेका थिए ।
खेलमा ग्रीनल्याण्डका लियोन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा कालिका स्कुलले श्री जनप्रिय स्कुललाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने कालिकाले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

भरतपुर फुटबल क्लब, चितवनको आयोजना तथा यात्रा समूहको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल असार २ गतेका दिन हुनेछ ।

Post Comments