News पाकिस्तानको लगातार तेस्रो हार
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल मौरिससमा जारी फोर नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाएको पाकिस्तानले लगातार तीन हारसँगै प्रतियोगिताको समापन गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेला पाकिस्तानले जिबुटीसँग १–३ को हार बेहोर्यो । यसअघि पाकिस्तानले पहिलो खेलमा आयोजक मौरिसससँग ३–० तथा बलियो केन्यासँग १–० को हार बेहोरेको थियो । पाकिस्तानका लागि उमर हयातले प्रतियोगिताको एक मात्र गोल गर्न सफल भएका थिए ।

अब पाकिस्तानी टोली त्यतैबाट भारततर्फ प्रस्थान गर्नेछ । यही जुन २१ तारीखदेखि बैंगलोरमा शुरु हुन गईरहेको १४औं साफ च्याम्पियनसिपतर्फ पाकिस्तान आयोजक भारत, कुवेत र नेपालसँगै समूह ए मा परेको छ ।

त्यस्तै समूह बी मा लेबनान,बाङ्लादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments