News
एसियन कप छनौटः दक्षिण एसियाली टोलीहरुको मिश्रित नतिजा
काठमाडौं । मंगलबारदेखि शुरु भएको एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत दक्षिण एसियाका टोलीहरुले मिश्रित नतिजा निकालेका छन् ।
स्मरण रहोस, समूह एफमा रहेको नेपालले मलेसियासँग १–० को हार बेहोरेको थियो । त्यस्तै समूह ए मा रहेको माल्दिभ्सले फिलिपिन्ससँग १–४ को हार बेहोर्यो ।
त्यसैगरी समूह बी मा रहेको भुटानले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडयो । समूह सी मा रहेका भारत र बंगलादेशले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
त्यस्तै समूह डी मा रहेको श्रीलंकाले आफ्भन्दा निकै बलियो र माथिल्लो वरियताको टोली थाइल्याण्डसँग ०–१ को सम्मानजनक हार बेहोर्यो । त्यस्तै समूह ई मा रहेको अर्को दक्षिण एसियाली टोली पाकिस्तानले बलियो सिरियासँग २–० को हार बेहोर्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल