News दोस्रो विजय युथ गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
बिक्रम बानियाँ क्षेत्री

हैटौडा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही असार ५ गतेदेखि शुरु हुन गईरहेको दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक विजय युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएकोबारे जानकारी गराएको हो ।

त्यस अवसरमा आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गर्यो । हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा असार ५ गतेका दिन एफसी विजय युथ र अग्रसर युथ क्लब भिड्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ५ लाख बराबरको विमा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोकले पत्रकार सम्मेलनमा जानकारी गरायो । खेलाडीहरुबीच भाईचारा कायम गर्न तथा फुटबल विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सुदिप राजवाहकले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च हुने अनुमान गरिएको पनि अध्यक्ष राजवाहकले जानकारी दिए ।

कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही असार १५ गतेका दिन हुनेछ ।

Post Comments