News साफका लागि बैंगलोर पुग्यो माल्दिभ्स
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिप खेल्न दुईपल्टको पूर्वविजेता माल्दिभ्स पनि आयोजना स्थल भारतको बैंगलोर पुगेको छ । माल्दिभ्समा केही साता जापानमा अभ्यास र प्रशिक्षण गरेर बैंगलोर पुगेको हो । साफका लागि नेपाल र बंगलादेश पनि बैंगलोर पुगिसकेको छ ।

यही जुन २१ तारीखदेखि बैंगलोरमा शुरु हुन गईरहेको साफ चयाम्पियनसिपतर्फ माल्दिभ्स समूह बी मा परेको छ । माल्दिभ्सले आफ्नो पहिलो खेल २२ जुनका लागि भुटानसँग खेल्नेछ । सोही दिन समूह बी मै रहेका अर्का दुई टोली लेबनान र बंगलादेश पनि आमने सामने हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल भने समूह ए तर्फ नेपाल र कुवेतबीच हुनेछ । त्यस्तै सोही दिन समूह ए का अर्का दुई टोली आयोजक भारत र पाकिस्तान पनि भिड्ने कार्यक्रम छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments