News रोयल वेस्टर्नलाई उपाधि
गोलनेपाल

काठमाडौं । नेप्लिज एसोसियशन अफ विक्टोरिया, अष्ट्रेलियाको आयोजनामा सम्पन्न तेस्रो नव मल्टीकल्चरल कप फुटबल प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ । फाइनलमा हिमालयन टाईगर्स एफसीलाई हराउँदै रोयल वेस्टर्न च्याम्पियन बनेको हो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रोयल वेस्टर्नका रोहित कार्की चुनिए । त्यस्तै प्रतियोगिताभरि समान ४–४ गोल गरेका रोयल वेस्टर्नका रबी थिंग, हिमालयन टाईगर्सका श्रृजन भण्डारी र सुडान एफसीका अब्दुला हमाद संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने ।

त्यसैगरी प्रतियोगिताको अनुशासित टोली थण्डर ड्रेगन एफसी बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजेता टोली रोयल वेस्टर्नका अमिर श्रेष्ठ घोषित भए ।

ब्राईटन कलेज र एक्सपर्ट एजुकेशनको विशेष प्रायोजन र सहयोग रहेको प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक दिप चन्दले बताए । एनआरएनए अष्ट्रेलियाको प्राविधिक सहयोग रहेको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजकले आभार र धन्यवाद समेत प्रकट गर्यो ।

 

Post Comments