News अल्डरशटमा आवद्ध भए किबन राई
गोलनेपाल

काठमाडौं । नेपाली समुदायहरुको बाहुल्य रहेको बेलायती शहर अल्डरशटको स्थानीय क्लब र हाल इङल्याण्डको पाँचौं डिभिजन लिग नेशनल लिग खेलिरहेको अल्डरशट टाउन फुटबल क्लबले नेपाली मूलका किबन राईलाई अनुबन्ध गरेको छ ।

क्लबले आफ्नो सामाजिक सञ्जालमार्फत २० वर्षिय आक्रमक मिडफिल्डर किबनलाई अनुवन्ध गरेको कुरा जानकारी गराएको हो । यसअघि वेल्सको न्युपोर्ट काउन्टीका लागि खेलेका किबनले केही सिजन अघि इङल्याण्डको चर्चित लिग कपमा तत्कालिन प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड विरुद्ध ९६औं मिनटमा गरेको बराबरी गोलले चर्चा पाएका थिए ।

न्युपोर्ट काउन्टी मै रहँदा प्रतिष्ठित एफए कपतर्फ इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड विरुद्ध समेत खेलेका किबनले न्युपोर्टका लागि समग्रमा ३० खेल खेले । न्युपोर्ट काउन्टीबाटै युथ करियरको शुरुवात समेत गरेका किबनको परिवार वेल्स मै बसोबास गर्दै आईरहेका छन् ।

 

Post Comments