News एसियन गेम्सको महिला फुटबलमा नेपालले पनि खेल्ने
गोलनेपाल

काठमाडौं । चीनको हाङझुमा हुने प्रतिष्ठित १९औं एसियन गेम्सको महिला फुटबलतर्फ नेपाली महिला फुटबल टोलीले पनि सहभागिता जनाउने भएको छ ।

त्यसका लागि नेपाली टोली तयार पार्न मुख्य प्रशिक्षक अनन्त राज थापाको प्रशिक्षकीय जिम्मेवारीमा प्रशिक्षण र छनौट कार्यक्रम पनि शुरु गरिएको छ ।

एसियन गेम्स आगामी सेप्टेम्बर २३ तारीखदेखि ८ अक्टुबरसम्म चीनको हाङ्झु शहरमा हुँदैछ । यसअघि यो प्रतिष्ठित एसियाली खेलमहोत्सव गत वर्ष हुने भनिए तापनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

Post Comments