News राजाबास तालतलैया च्यालेञ्ज कपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । राजाबास युथ क्लब, बराहक्षेत्र, सुनसरी यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा राजाबासले खदम एफसी, केराबारी, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलको दोस्रो मिनट मै मिक्खा लिम्बुको गोलबाट राजाबासले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको अन्तिमतिर अभिषेक दर्जीले दोस्रो गोल गर्दै राजाबासको जित सुनिश्चित गरे ।

खेलमा राजाबासका रमेश राजवंशी म्यान अफ द म्याच चुनिए । उनलाई खेलका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका सदस्य प्रतिक पालिखेले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असार ६ गते बुधबारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल युनाइटेड, सुन्दरहरैचा, मोरङ र प्रकाशपुर एफसी, बराहक्षेत्र, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

तालतलैया फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असार ९ गतेका दिन हुनेछ ।

Post Comments