News एएफसी कपको प्रारम्भिक छनौटमा मच्छिन्द र पारो भिड्ने
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ नेपालको मच्छिन्द्र फुटबल क्लबले भुटानी क्लब पारो फुटबल क्लबसँग भिड्ने भएको छ ।

मच्छिन्द्र र पारो बीचको खेल आगामी अगस्त ८ तारीखका दिन हुनेछ । खेलस्थलबारे भने अझै टुंगो नलागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दियो । पहिलो चरणमा जित हात पार्ने टोलीले दोस्रो चरणको खेलतर्फ अगस्त १५ तारीखका दिन बलियो मोहन बगानसँग खेल्ने कार्यक्रम छ ।

स्मरण रहोस, यस वर्षको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग चर्च ब्वाईज युनाइटेडले जिते तापनि एएफसी क्लब लाइसेन्सिङ प्रक्रिया पूरा नगरेका कारण लिगको दोस्रो स्थानमा रहेको मच्छिन्द्र एएफसी कपको छनौट प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

मच्छिन्द्रले एएफसी कपको गत संस्करणको छनौट खेल पनि खेलेको थियो । त्यतिबेला पहिलो चरणको छनौट खेलमा मच्छिन्द्रले श्रीलंकन टोली ब्लु स्टारसँग पराजय बेहोरेको थियो ।

Post Comments