News ढल्के जोवन र पशुपती क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । ढल्के जोवन एफसी र पशुपती एफसी यहाँ जारी दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो खेलमा ढल्के जोवन एफसीले हटिया भेट्रान्सलाई १–० ले हरायो । खेलको ६९औ मिनेटमा ढल्के जोवनका मनोज लामाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पनि लामा नै चुनिए ।

त्यस्तै दोश्रो खेलमा पशुपती एफसीले हेटौडा फुटबल एकेडेमी (बी) लाई समान १–० अन्तरले हरायो । खेलको २५औं मिनटमा समिर चौलागाँईले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता चौलागाई नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार ८ गते शुक्रबारको पहिलो खेल हेटौडा फुटबल एकेडेमी (ए) र आयोजक बिजय युथ क्लब बीच हुनेछ भने दोश्रो खेल चाईना पब्लिक युथ क्लब र चौकीटोल युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।

Post Comments