News रडस रामपुर सेमिफाइनलमा
गोलनेपाल

चितवन । सहज जितका साथ सेन्ट्रल कलेज रड्स रामपुर यहाँ जारी छैठौं चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ रडस रामपुरले अभिषेक चर्चलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा सम्पन्न खेलमा रडस रामपुरका लागि सन्त बहादुर गुरुङले दुई गोल गरे । त्यस्तै आशिष गुरुङ र योमीले थप एक–एक गोल गरे । उता पराजित अभिषेक चर्चका लागि सन्जोक महर्जनले एक मात्र गोल फर्काएका थिए ।

खेलमा रड्स रामपुरका लागि दुई गोल गरेका सन्त बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार १० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल स्टार स्पोर्टस क्लब र सुर्यपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

 

Post Comments