News सरु, दिपक, दिपासहित पाँच फुटबल खेलाडी गृहनगरमा सम्मानित
गोलनेपाल

उर्लाबारी । पथरीशनिश्चरे नगरपालिका, मोरङले आफ्नो १३औं नगरसभाको अवसर पारी नगरका पाँच फुटबल खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको छ । नगरपालिकाले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसायीक फुटबल खेलिरहेका पाँच खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा दिपक राई, सरु लिम्बु, दिपा न्यौपाने, पुनम चेम्जोङ र रुपा धिमाल रहेका छन् । दिपक र दिपा पथरीशनिश्चरे वार्ड नम्बर १ का वासिन्दा हुन् भने सरु लिम्बु वार्ड नम्बर ४ की स्थानीय वासिन्दा रहेकी छिन् । त्यस्तै पुनम र रुपा क्रमशः वार्ड नम्बर ७ र १० का स्थानीय वासिन्दा हुन् ।

ती पाँच खेलाडीहरुलाई एक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्लेले जनही नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओडाई सम्मानित गरेका हुन् ।

 

Post Comments