News ईद भेट्रान्स कप हुँदै (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । युनाइटेड स्टार एफसी, युएईको आयोजनामा यही जुन २८ तारीखका दिन ईद भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता हुँदैछ ।

अबु हैल स्थित दुबई स्काउट मिसनको मैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ सय दिराम हात पार्नेछ भने उपविजेताले १ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

युएईमा रहेका आप्रवासी नेपालीहरुबीच हुन गईरहेको प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments