News मच्छिन्द्र र एनआरटीको यु–१६ खेलाडी छनौट कार्यक्रम शुरु
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१६ ए डिभिजन लिगको मिति घोषणा गरेसँगै त्यसका लागि सम्बन्धित क्लबहरुले खेलाडी छनौट कार्यक्रमलाई पनि तिव्रता दिएका छन् ।

भर्खरै लिग सकेर बसेका थप दुई कलब मच्छिन्द्र फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले पनि यु–१६ खेलाडी छनौट कार्यक्रम शुरु गरेको छ । त्यस्तै अन्य क्लबहरुले पनि आफ्नो यु–१६ टोली तयार पार्न खेलाडी छनौट कार्यक्रमलाई शुरु गरिसकेको छ ।

स्मरण रहोस, एन्फाले यु–१६ ए डिभिजन लिग यही असार ३० गतेदेखि शुरु गर्ने घोषणा गरेको छ । यसअघि असार २३ गतेबाट शुरु गर्ने भनिए तापनि विविध कारणवश एन्फाले आइतबार नयाँ मिति घोषणा गरेको थियो ।

Post Comments