News विजय युथ फाइनलमा, उपाधिका लागि पदमपोखरीसँग भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । आयोजक विजय युथ क्लब यहाँ जारी दोस्रो विजय युथ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार खराब प्रकाश र समय अभावका कारण स्थगित भएको दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान खेलाइएको हो ।

बुधबार विजय युथले चाइना पब्लिक युथ क्लब विरुद्ध १–० को अग्रता कायम राख्दा समय अभावका कारण खेल स्थगित गर्नुपरेको थियो । स्थगित भएकै समयबाट बिहीबार बिहान सुचारु भएको खेलमा विजय युथले चाइना पब्लिकमाथि २–० को जित निकाल्यो ।

पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विजयका लागि मौसा र अजयी मार्टिन्सले एक–एक गोल गरे । खेलमा म्यान अफ द म्याच आयोजक विजय युथका मौसा घोषित भए ।

अब असार १५ गते शुक्रबारका दिन हुने फाइनलमा विजय युथले पदमपोखरी युनाइटेडसँग उपाधिका लागि भिड्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments