News एनएसएसजी रकलाई ईद भेट्रान्स कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । युएईमा रहेका आप्रवासी नेपालीहरुबीच भएको ईद भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एनएसएसजी रकले जितेको छ । अबु हैल स्थित दुबई स्काउट मिसनको मैदानमा सम्पन्न फाइनल भिडन्तमा एनएसएसजी रकले लमजुङ एफसीलाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको एनएसएसजी रकले उपाधिसहित नगद १५ सय दिराम हात पार्यो भने उपविजेता लमजुङले १ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ एनएसएसजी रकका विकास गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार लमजुङका तारा बहादुर गुरुङले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी एनएसएसजी रकका संजय थापा घोषित भए ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारी युनाइटेड स्टार एफसी, युएईको आयोजनामा भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments