News बिराटचोकमा एक दिने भेट्रान कप हुँदै
गोलनेपाल

बिराटनगर । फुटबलमा सधैजसो व्यस्त रहने मोरङमा यही असार १६ गते शनिबारका दिन दिलिप तामाङ फेयरवेल भेट्रान कप एक दिने फुटबल प्रतियोगिता हुने भएको छ ।

बिराटचोक स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा दमक लखनपुर भेट्रान, राजारानी भेट्रान, तरहरा भेट्रान र बिराट भेट्रान गरी चार टोलीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments