News सुजित निर्णायक बन्दा जावलाखेल सेमिफाइनलमा
गोलनेपाल

मकवानपुर । जावलाखेल युथ क्लब, मकवानपुरमा जारी तेस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फागुन ६ गते मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबले न्यु डाँफे युथ क्लबलाई २–० ले हरायो । फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलमा जावलाखेलका लागि दुवै गोल सुजित बुढाथोकीले पहिलो हाफमा गरे ।

दुई गोलकर्ता सुजित नै खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत फागुन ७ गते बुधबारको खेल साविक विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments