News साउन पहिलो साता यु–२० फुटसल हुने
उमेश पुन

पोखरा । क्षेत्रदिप, पोखराको आयोजनामा आगामी साउन ६ गतेका दिन यु–२० फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा–१६, दिप स्थित चिन फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments