
काठमाडौं । थाईल्याण्डमा सम्पन्न एएफसी यु–१७ एसियन कपको उपाधि डिफेन्डिङ च्याम्पियन जापानले किर्तिमानी चौथोपटक जित्न सफल भएको छ । आइतबार भएको फाइनल भिडन्तमा जापानले पूर्व विजेता तथा परस्पर प्रतिद्वन्द्वी दक्षिण कोरियालाई ३–० ले हराउँदै किर्तिमानी जितका साथ उपाधि रक्षा गर्न सफल भएको हो ।
पाथुम थानी स्टेडियममा भएको खेलको पहिलो हाफतर्फ इन्जुरी समयमा गाकु नवाताले पहिलो गोल गरे । ६६औं मिनटमा नवाताले व्यक्तिगत तथा जापानका लागि दोस्रो गोल थपे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा युताका मिचीवाकीले तेस्रो गोल गर्दै जापानको जित पक्का गरेका थिए ।
फाइनलमा दुई गोल गरेका गाकु नवाता प्रतियोगिताको सर्वाधिक गोलकर्ता वापत गोल्डेन बुट र सर्वोत्कृष्ट खेलाडी वापत गोल्डेन बल समेत हात पार्न सफल भए ।
प्रतियोगिताको समापनसँगै यसै वर्षको नोभेम्बरदेखि इण्डोनेसियामा हुने फिफा यु–१७ विश्वकप खेल्ने चार एसियाली टोलीहरुको टुंगो लागिसकेको छ । प्रतियोगिताको नियमअनुसार सेमिफाइनल पुगेका चार टोली जापान, दक्षिण कोरिया, इरान र उज्वेकिस्तान फिफा यु–१७ विश्वकपका लागि छनौट भएका छन् ।
त्यस्तै इण्डोनेसिया भने आयोजकको हैसियतले विश्वकपमा सोझै छनौट भईसकेको छ । योसँगै यसपटक फिफा यु–१७ विश्वकपमा एसियाका पाँच टोलीहरुले सहभागिता जनाउने पक्का भएको छ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने