News क्लब फुटबलमा फर्किय रोहित
गोलनेपाल

काठमाडौं । भर्खरै साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्किएका नेपालका स्टार डिफेन्डर रोहित चन्द क्लब फुटबलमा नयाँ सिजनका लागि इण्डोनेसिया पुगेका छन् । इण्डोनेसियाको शिर्ष लिग लिगा वान शनिबारदेखि शुरु भईसकेको छ ।

जसअन्तरगत रोहितको टोली पेर्सिक केडिरीले आफ्नो पहिलो खेलमा बराबरी खेल्दै सिजनको शुरुवात गरेको छ । नयाँ सिजन अन्तरगत लिगको पहिलो खेलमा रोहितको टोली पेर्सिकले बोर्नियोसँग १–१ को बराबरी खेलेको हो ।

बोर्नियोका लागि ७५औं मिनटमा म्याथ्युज पाटोले गोल गर्दै टोलीलाई अग्रता दिलाए तापनि खेलको अन्तिमतिर इन्जुरी समयमा पेर्सिकका लागि एन्डरसनले बराबरी गोल फर्काएका थिए ।

खेलमा रोहितले पहिलो रोजाई मै रहेर पूरा समय खेले । यद्यपि खेलको ८२औं मिनटमा रोहितले पहेंलो कार्डको सामना समेत गरेका थिए ।

पेर्सिकले आफ्नो आगामी खेल आइतबार मदुरा युनाइटेडसँग खेल्नेछ । स्मरण रहोस, लिगको गत सिजन पेर्सिकले ३४ खेलबाट ४४ अंक जोड्दै लिगतालिकाको ११औं स्थानमा रहेर सिजनको समापन गरेको थियो ।

Post Comments