News
प्रथम हिमालयन फुटसल कप साउन तेस्रो साता

काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजनामा आगामी साउन १८ र १९ गतेका दिन प्रथम हिमालयन फुटसल कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगिताको टिमदर्ता साउन १५ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ७,७७७ रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको फेयर प्ले टिमलाई ११,१११ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५,५५५/५,५५५ रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय