News लर्ड बुद्ध र जहदा सेमिफाइनलमा
गोलनेपाल

इटहरी । लर्ड बुद्ध स्कुल र जहदा फुटबल क्लब यहाँ जारी यु–१३ जुनियर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको क्वाटरफाइनल खेलतर्फ लर्ड बुद्धले स्काई फुटबल एकेडेमीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । लर्ड बुद्धको जितमा सिद्धान्त चौधरी र सुर्य माझीले गोल गरे । थप एक गोल भने लर्ड बुद्धले आत्मघाती गोलका रुपमा पाएको थियो ।

खेलमा लर्ड बुद्धका सिद्धान्त चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ सय र ट्रफी हात पारे ।

त्यस्तै अर्को क्वाटरफाइनल खेलमा जहदाले तालतलैया फुटबल क्लबलाई सडन डेथमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जहदाका गोलरक्षक कृष्ण खड्का म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार २६ गते दुई सेमिफाइनल खेलहरु हुनेछन् । जुट बिकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १२ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments