News आयोजक फुलबारी गाईज फाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक फुलबारी गाईज यहाँ जारी तेस्रो रुपन्देही कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनल भिडन्ततर्फ फुलबारीले नव शान्ती युवा क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

बुटवल–१७, रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको रोमाञ्चक खेलमा फुलबारीका लागि एमोस पुनले एक मात्र निर्णायक गोल गरे । खेलमा फुलबारीका मनोज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । फुलबारीले असार २८ गते हुने फाइनलमा ब्रदर्श एफसीको सामना गर्ने खेल संयोजक यम सिंजालीले जानकारी दिए ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसतिह ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका कार्यवाहक अध्यक्ष अर्जुन गुरुङले बताए ।

Post Comments