News पाँचौं एनआरएनए जर्मनी कप हुँदै
गोलनेपाल

काठमाडौं । नेपाल फुटबल क्लब, ह्याम्बर्ग र एलसीसी, ह्याम्बर्गको संयुक्त आयोजनामा आउँदो जुलाई २२ तारीखका दिन पाँचौं एनआरएनए जर्मनी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

जर्मनीमा रहेका आप्रवासी नेपालीहरुबीच सद्भाव र भाईचारा कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा जर्मनमा रहेका नेपाली फुटबल टोलीहरुले मात्र सहभागिता जनाउने छन् ।

साथै प्रतियोगितामा सहभागिता जनाउने १२ टोलीहरुको पनि टुंगो लागिसकेको आयोजकले जानकारी दियो । एक दिने प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

Post Comments