News यु–१६ लिगमा पुलिसको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु ऐतिहासिक यु–१६ ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबमाथि २–१ को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा पुलिसको जितमा रन्जित लामा र राजु दर्जीले गोल गरे । पराजित मनाङका लागि दर्शन अधिकारीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारी र अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिता अन्तरगत असार ३० गते शनिबार एन्फा कम्प्लेक्स, सल्लाघारी र च्यासल स्टेडियममा गरी तीन स्थानमा चार खेलहरु हुनेछन् ।

प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । साथै प्रतियोगिता प्रत्येक सप्ताहन्तमा हुने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ ।

Post Comments