News एनआरटी, फ्रेण्डस, एपिएफ र मच्छिन्द्रलाई सफलता
गोलनेपाल

काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ शनिबार सम्पन्न भएका चार खेलहरुमा एनआरटी, फ्रेण्डस क्लब, एपिएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

भक्तपुर स्थित सल्लाघारी खेलमैदानमा भएको खेलमा एनआरटीले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–१ ले हरायो । त्यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डसले चर्च ब्वाईज युनाइटेडमाथि २–० को जित निकाल्यो ।

त्यसैगरी च्यासल स्टेडियममा भएका अन्य दुई खेलहरुतर्फ एपिएफले संकटा क्लबमाथि २–१ को जित हात पार्दा सोही मैदानमा भएको अर्को खेलमा मच्छिन्द्रले एफसी खुमलटारमाथि ६–१ को प्रभावशाली जित निकाल्यो ।

शनिबार भएका चार खेलहरुसँगै लिगको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । अब दोस्रो चरणका खेलहरु आगामी साउन ४ गतेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

Post Comments