News बर्दीबास युनाइटेडको जित
गोलनेपाल

कमलामाई । सुविधानगर युवा क्लव कमलामाई–९ भीमान सिन्धुलीको अयोजनामा जारी यु–१८ फुटबल प्रतियोगितामा बर्दीबास युनाईटेड फुटबल क्लवले जित हासिल गरेको छ । खेलमा बर्दीबास युनाइटेडका गोलरक्षक स्वरुप भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल आउँदो साउन ५ गतेका दिन हुनेछ ।

Post Comments