News आयोजक शान्तिनगर (बी) क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । आयोजक शान्तिनगर फुटबल क्लब (बी) यहाँ जारी तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ शान्तिनगरले फेयर फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने शान्तिनगर (बी) ले फेयर क्लबमाथि ४–२ को जित निकाल्दै क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा शान्तिनगरका गोलरक्षक सुरेन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत साउन १ गते सोमबारको खेल सिद्धार्थ युवा समाज र आयोजक शान्तिनगर फुटबल क्लब (ए) बीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल साउन ११ गतेका दिन हुनेछ ।

Post Comments