News दिलिप राईलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड
राजकुमार श्रेष्ठ

इटहरी । कोसी प्रदेश खेलकुद विकास बोर्डले सोमबार एक कार्यक्रमको आयोजना गरि फुटबलमा लामो समय बिताएका पुर्वेली फुटबलका पर्याय दिलिप राईलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

इटहरीस्थित इम्पेरियल होटलमा भएको कार्यक्रममा बोर्डले राईलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । सोही अवसरमा बोर्डले कोशी प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी, १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरुलाई सम्मानित गरेको थियो ।

 

Post Comments