News
स्टार कफीलाई एमेच्योर फुटसलको उपाधि

पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्योर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफीले जितेको छ ।
पोखरा-४. गणेशटोल स्थित स्पोर्टस क्यासलको फुटसल कोर्टमा सम्पन्न फाइनल खेलमा बाइलेज एफसी, लेकसाइडलाई २–१ गोलअन्तरले हराउँदै स्टार कफी च्याम्पियन बन्न सफल भएको हो ।
विजेता बनेको स्टार कफीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता बाइलेजले नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
बाइलेज एफसीका नकुल तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक बन्दा स्टार कफीका शन्दिप तामाङले सर्वाधिक गोलकर्ताको ट्रफि हात पारे ।
सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले ट्रफि हात पारे । ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम बन्यो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड