News सिरिज जितेर स्वदेश फर्कियो नेपाल
गोलनेपाल

काठमाडौं । बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय फुटबल सिरिज जितेर नेपाली महिला फुटबल टोली आइतबार स्वदेश फर्किएको छ । फिफा विन्डो अन्तरगत बंगलादेश विरुद्ध नेपालले ढाकामा दुई म्याचको अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपालले बंगलादेशलाई टाईब्रेकरमा हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा नेपालले बंगलादेशलाई ४–२ ले हराउँदै सिरिज जित्न सफल भएको थियो ।

आइतबार स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरन राई लगायतका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

Post Comments