News प्रथम यु–२१ चितवन च्याम्पियनसिप हुने
गोलनेपाल

गढुवा । सुर्यपुर फुटबल क्लब, चितवनको आयोजनामा आगामी भदौ १५ देखि २५ गतेसम्म प्रथम यु–२१ चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कालिका–१, गढुवा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५ सय तोकिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक रोशन थिङ तामाङले जानकारी दिए ।

Post Comments