News शान्तिनगर (ए) मनसुन कपको क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । आयोजक शान्तिनगर फुटबल क्लब (ए) यहाँ जारी तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ शान्तिनगरले सिद्धार्थ युवा समाज क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने शान्तिनगरले सिद्धार्थमाथि ४–२ को जित हासिल गर्न सफल भयो । खेलमा शान्तिनगरका गोलरक्षक सुजित चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत साउन २ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल फ्रेण्डशीप युथ क्लब र तालतलैया फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments