News रोहितको टोली पेर्सिकको दोस्रो हार
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यस्त नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिग अन्तरगत आफ्नो चौथो खेलमा दोस्रो हार बेहोरेको छ ।

इन्डोमिल्क ऐरिनामा भएको खेलमा पेर्सिकले घरेलु टोली देवा युनाइटेडसँग शून्यका विरुछ ३ गोलको हार बेहोरेको हो । देवाको जितमा एलेक्स मार्टिन्सले दुई गोल गरे भने मौलाना विक्रीले थप एक गोल गरेका थिए ।

खेलमा रोहितले पेर्सिकका लागि पहिलो रोजाई मै रहेर पूरा समय खेले । यो हारपछि ४ खेलबाट ४ अंक जोडेको पेर्सिक लिगतालिकाको १४औं स्थानमा झरेको छ । उता जित हात पारेको देवा युनाइटेड भने १० अंकका साथ शिर्ष स्थानमा छ ।

पेर्सिकले आफ्नो आगामी खेल जुलाई २८ तारीख शुक्रबारका दिन पेर्सिबसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments