News बोराबाँध–सोमबारे कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बेलबारी । ‘नाम, दाम र सान, फुटबल हाम्रो अभियान’ भन्ने नाराका साथ यही साउन ८ गते सोमबारदेखि शुरु हुन गईरहेको बोराबाँध–सोमबारे कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बेलबारी–६ स्थित स्कुल डाँडा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पञ्चायन फुटबल एकेडेमी, रामधुनी र बेलबारी फुटबल क्लब, बेलबारी बीच हुनेछ ।

बि.एम. फुटबल एकेडेमी, बेलबारी–६, मोरङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका व्यवस्थापक मिलन राईले जानकारी दिए ।

बेलबारी नगरपालिका ६ नम्बर वार्ड कार्यालयको विशेष सहयोग रहेको प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने साउन ११ गतेका दिन हुनेछ ।

 

 

Post Comments