काठमाडौं । भुटानमा सेप्टेम्बर १ देखि १० तारीखसम्म हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिप र सेप्टेम्बर २१ देखि ३० तारीखसम्म नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार मात्रै साफ यु–१६ र यु–१९ च्याम्पियनसिपको फाइनल ड्र निकालेको थियो । नेपाल भने दुवै प्रतियोगिताको समूह ए मा परेको छ । साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपालले भारत र बंगलादेशसँग खेल्नेछ ।
साफ यु–१६ च्याम्पियनसितर्फ नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ३ तारीखका दिन बंगलादेशसँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ५ तारीखका दिन भारतसँग खेल्नेछ । साफ यु–१६ च्याम्पियनसिपको समूह बी तर्फ आयोजक भुटानसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।
त्यस्तै साफ यु–१९ च्याम्पियनसिपतर्फ पनि समूह ए मै रहेको आयोजक नेपालले पाकिस्तान र माल्दिभ्ससँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २१ सेप्टेम्बरका दिन पाकिस्तानसँग खेल्नेछ भने २५ सेप्टेम्बरका दिन माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिताको समूह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको प्रत्येक समूहबाट शिर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । स्मरणीय छ, साफ यु–१६ र यु–१९ च्याम्पियनसिपको गत संस्करणको दुवै उपाधि भारतले जितेको थियो ।
साफ यु–१६ च्याम्पियनसिपको खेलतालिकाः

साफ यु–१९ च्याम्पियनसिपको खेलतालिकाः

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान