News फर्साटिकर, राधाकृष्ण र चपरहट्टीलाई सफलता
सुरज राना मगर

तिलोत्तमा । यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितातर्फ सोमबार फर्साटिकर युवा क्लब, राधाकृष्ण एफसी र आयोजक चपरहट्टी युवा क्लबले जित हात पारेका छन् ।

तिलोत्तमा–१ चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा फर्साटिकरले जनशान्ती फुटबल क्लबलाई १–० ले हरायो । फर्साटिकरको जितमा अवतार थापाले एक मात्र निर्णायक गोल गरे । फर्साटिकरका निर्णायक गोलकर्ता अवतार थापा नै म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा राधाकृष्णले शान्तीदिप फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । राधाकृष्णका लागि बिकास थापा र आकाश थारुले गोल गरे । उता शान्तीदिपका लागि अजय नेपालीले एक मात्र गोल फर्काए । खेलमा राधाकृष्णका बिकास थापा म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा चपरहट्टीले मिड टाउन एफसीलाई २–० ले हरायो । चपरहट्टीका लागि अशोक थापा मगर र अनुप गुरुङले गोल गरे । खेलमा चपरहट्टीका प्रदिप मगर म्यान अफ द म्याच घोषित भए । 

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments