News नेपालको यु–१९ टोलीमा सुनिल र यु–१६ टोलीमा रविन्द्रलाई जिम्मेवारी
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१९ फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ तथा यु–१६ टोलीको मुख्य प्रशिक्षकमा रविन्द्र सिलाकारलाई नियुक्त गरेको छ । दुवैलाई सोमबार एन्फाका महासचिव किरन राईले नियुक्तिपत्र समेत हस्तान्तरण गरे ।

स्मरण रहोस, केही महिना अघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगतर्फ सुनिल श्रेष्ठले जावलाखेल युथ क्लबको जिम्मेवारी सम्हालेका थिए भने रविन्द सिलाकारले संकटा क्लबको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै यु–१९ को सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन् । टोलीको व्यवस्थापकमा दिवाकर घलेलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।

त्यसैगरी यु–१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा गंगाराम देउजालाई नियुक्त गरिएको पनि एन्फाले जानकारी दियो ।

नेपालको यु–१६ टोलीले १ देखि १० सेप्टेम्बरसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिप खेल्दैछ । समूह ए मा रहेको नेपालले साविक विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै सेप्टेम्बर २१ देखि ३० तारीखसम्म नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ पनि समूह ए मै परेको नेपालले पाकिस्तान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments