काठमाडौं । वर्तमान नेपालको फुटबल अवस्थाबारे नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण गराएको छ । खेलाडी संघका तर्फबाट बिशाल श्रेष्ठ, बिकेश कुथु र बिक्रम लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग भेटघाट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
खेलाडी संघले पहिलो बुँदामा हाल विवादित बन्न पुगेको यु–१६ लिगबारे चर्चा गरेको छ । बढी उमेरका खेलाडी खेलाएको भन्दै एनआरटीलाई एन्फाले कारवाही गरेपछि केही अन्य क्लबहरुले पनि यु–१६ लिग वहिष्कार गरेका थिए । १४ मध्ये १० क्लबहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउँदा थोरै युवा खेलाडीहरुले मात्र अवसर पाएको संघको ठम्यााई छ ।
त्यस्तै अध्ययन छाडेर यु–१६ लिग खेल्न कै लागि जिल्लाबाहिरबाट आएका बाल खेलाडीहरुाई अहिले प्रतियोगिता विवादित बन्दा मानसिक असर परेको समेत खेलाडी संघले चर्चा गरेको छ ।
पटक–पटक मिति तोकेर पनि बी र सी डिभिजन लिग सञ्चालन नहुँदा धेरै खेलाडीहरुको भविष्य अन्यौल बनेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बी र सी डिभिजन लिग पनि शिर्ष लिग जत्तिकै महत्वपूर्ण रहेकोले यसबारे पनि छिटै निर्णय गर्न खेलाडी संघले एन्फालाई आग्रह गरेको छ ।
त्यसैगरी अहिले घरेलु फुटबलमा महिला लिग पनि अपरिहार्य रहेको भन्दै जति सक्दो छिटो महिला लिग र अन्य महिला फुटबल प्रतियोगिताहरुलाई पनि निरन्तरता दिन खेलाडी संघले एन्फासमक्ष माग गरेको छ । साथै हाल नेपाली फुटबलमा देखिएका विविध समस्याहरु छिटै समाधान गर्न एन्फालाई खेलाडी संघले अनुरोध समेत गरेको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्रः

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान