News प्रथम हेम्जा फुटसल कप हुने
उमेश पुन

पोखरा । रोट्रयाक्ट क्लब अफ हेम्जा, पोखराको आयोजनामा आउँदो भदौ २ गतेका दिन प्रथम हेम्जा फुटसल कप हुने भएको छ । हेम्जा स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि भदौ १ गतेसम्म टिमदर्ता खुला गरिएको पनि खेल संयोजक प्रसिस कार्कीले बताए । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि संयोजक कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक असिम थापाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments