News प्रथम तुल्सी इन कप भदौं पहिलो सातादेखि
गोलनेपाल

भानु । सेभेन स्टार फुटबल क्लब, भानु नगरपालिका, तनहुँको आयोजनामा आउँदो भदौ २ गतेदेखि प्रथम तुल्सी इन कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि भदौ १ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५००+१००० रुपैयाँ तोकिएको पनि आयोजकले जानकारी दियो ।

््भानु नगरपालिका–१, साजबोटे स्थित कल्याणटार खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी सोही अवसरमा ३० वर्ष माथि उमेर समूहको भेट्रान फुटबल प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जानकारी दियो । भेट्रानतर्फ टिमदर्ता शुल्क ३ हजार तोकिएको छ । साथै विजेताले बोकासहित ट्रफी, मेडलहरु पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Post Comments