काठमाडौं । भुटानका चर्चित फरवार्ड चैन्चो ग्याल्शेन इण्डोनेसियाको दोस्रो डिभिजनको टोली श्रीविजया फुटबल क्लबमा अनुवन्धित भएका छन् । चेन्चोको आगमनबारे श्रीविजयाले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । इण्डोनेसियन क्लबमा २७ वर्षे चेन्चोको पारिश्रमिक र सम्झौता अवधिबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।
चेन्चोले गत सिजन राउण्डग्लास पञ्जाबका लागि भारतको च र्चित आई लिग खेल्दै लिग च्याम्पियन बनेका थिए भने क्लबलाई ऐतिहासिक इण्डियन सुपर लिग (आइएसएल) मा पनि बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यसपछि उनले नेपालमा मच्छिन्द्रका लागि शहिद स्मारक ए डिभिजन लिग पनि खेलेका थिए । यद्यपि चोटका कारण उनले ए डिभिजन लिग भने बीचैमा गुमाउनु परेको थियो । उनले केही समय घरेलु टोली थिम्पु सिटीका लागि पनि लोनमा खेले ।
इण्डोनेसियाको लिगा २ आगामी सेप्टेम्बरदेखि शुरु हुने बताइएको छ । स्मरणीय छ, नेपालका चर्चित डिफेन्डर रोहित चन्दले भने इण्डोनेसिया कै शिर्ष डिभिजन लिगा वानमा पेर्सिक केदिरीका लागि व्यवसायीक फुटबल खेलिरहेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल