News
संकटाको सहज जित, एपिएफ र चर्च ब्वाईजको बराबरी
काठमाडौं । यु–१६ ए डिभिजन लिग तर्फ शनिबार भर्खरै मोरक्कोमा वल्र्ड स्कुल च्याम्पियनसिप खेलेर फर्किएको संकटा क्लबले सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारमाथि ५–१ को उत्कृष्ट जित निकालेको हो ।
त्यस्तै च्यासल स्टेडियममा भएको चौथो चरण कै अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडले १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
त्यसैगरी च्यासल स्टेडियम मै भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ६–१ को फराकिलो जित हात पार्यो । लिग अन्तरगत पाँचौं चरणका खेलहरु आउँदो साउन २७ गते हुने एन्फाले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन