
काठमाडौं (एजेन्सी) । समूह चरणबाटै प्रभावशाली प्रदर्शन गर्दै एउटै समूह (सी) बाट नकआउट चरणमा प्रवेश गरेका स्पेन र जापानले नकआउट चरणमा प्रभावशाली प्रदर्शन गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार न्युजिल्याण्डको अकल्याण्डमा भएको पहिलो प्रिक्वाटरफाइनलमा स्पेनले स्वीजरल्याण्डमाथि ५–१ को सहज जित निकाल्यो र क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।
त्यस्तै न्युजिल्याण्ड कै वेलिङटनमा भएको दोस्रो प्रिक्वाटरफाइनलमा सन् २०११ को विजेता जापानले सन् १९९५ को विजेता नर्वेमाथि ३–१ को जित निकाल्यो र अन्तिम आठमा प्रवेश गर्न सफल भयो ।
अब ११ अगस्तका दिन हुने क्वाटरफाइनलमा स्पेनले आइतबार हुने तेस्रो प्रिक्वाटरफाइनलतर्फ नेदरल्याण्डस र दक्षिण अफ्रिका बीचको विजेतासँग खेल्नेछ भने जापानले आइतबार नै हुने चौथो प्रिक्वाटरफाइनलतर्फ स्वीडेन र अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा